क्यान महासंघको अध्यक्षमा विनोद ढकाल विजयी भएका छन् । आइतबार राती भएको भएको महासंघको पहिलो निर्वाचनमा ढकालले प्रतिद्धन्दी उम्मेदवार एवं क्यानका निवर्तमान् द्धितिय उपाध्यक्ष नारयण न्यौपानेलाई पराजित गरेका हुन् ।
ढकालले ५५.६७ प्रतिशत र न्यौपानेले ४४.३३ प्रतिशत मत पाए । निवर्तमान् अध्यक्ष समेत रहेका ढकालले आफ्नै कार्यकालमा क्यानलाई महासंघको परिणत गराएका थिए । जितपछि लिभिङ विथ आइसिटीसँग बोल्दै अध्यक्ष ढकालले यो जित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि क्षेत्रको भएको बताउँदै क्यान महासंघलाई एकताबद्ध रुपमा लैजाने प्रण गरे । ‘यो जित आइसिटीलाई माया गर्ने सबैको हो । म र मेरो प्यानललाई अमूल्य मत दिई विजयी गराउनु भएकोमा सम्पूर्ण साथीहरुलाई धन्यवाद दिन चाहन्छु’, उनले भने ।
निर्वाचनमा ढकाल प्यानलका २७ मध्य २३ जनाले जितेका छन् । संस्थागत सदस्य समूह ५ मा ५ जना नै, संस्थागत आजीवन २ मा २ जना नै, ब्यक्तिगत आजीवन सदस्य २ मा २ जना नै, जिल्ला शाखाहरुको तर्फबाट १० जनामा ६ जना, बिषयगत २ मा २ जना नै निर्विरोध निर्वाचित र ब्यक्तिगत सदस्य समूहको ५ जनामा ५ जना नै विनोद ढकाल समूहको तर्फबाट बिजयी भएका छन् । नारायण न्यौपानेको प्यानलबाट जिल्ला शाखामा १० मध्ये ४ जना विजयी भएका छन्, जसमा नवराज कुँवर (निर्विरोध), अशोक बाबु राना, रेशम गिरि, श्यामकल श्रेष्ठ रहेका छन् । अन्य क्याटगोरीमा आएको नतिजा :
संस्थागत सदस्यतर्फ विजयी
विनोद ढकालको प्यानल- हेमन्त चौरासिया, विश्व बलामी, रंजित पोदार, सुनैना पाण्डे र अरुण बंशल
व्यक्तिगत सदस्यतर्फ विजयी
विनोद ढकालको प्यानल- भिमध्वज श्रेष्ठ, रोमकान्त पाण्डे, खुशल रेग्मी, रेगबहादुर भण्डारी र अभिजित गुप्ता
संस्थागत आजिवन सदस्यतर्फ विजयी
विनोद ढकालको प्यानल- वीरेन्द्र बज्राचार्य र सन्देश गोपाल न्याच्छयो
व्यक्तिगत आजिवनतर्फ विजयी
विनोद ढकालको प्यानल – हेमपाल श्रेष्ठ र पवन कुमार शर्मा
बिषयगत सदस्य तर्फ विजयी
बिनोद ढकालको प्यानल – सुमनलाल प्रधान र नारायण बहादुर थापा
क्षेत्रिय सदस्य तर्फ विजयी
बिनोद ढकालको प्यानलबाट : दिपेश पाठक (पूर्वाञ्चल), ठाकुर श्रेष्ठ (पूर्वाञ्चल), शेखर दुलाल (मध्यमाञ्चल) र संजय थापा (मध्यपश्चिमाञ्चल),
नारायण न्यौपानेको प्यानलबाट : श्यामकल श्रेष्ठ (मध्यमाञ्चल), अशोकबाबु राना (पश्चिमाञ्चल) र रेशम गिरि (मध्यपश्चिमाञ्चल)
निर्विरोध – टेकराज पनेरु (सूदुरपश्चिमाञ्चल), सुनिल दत्त ओझा (सूदुरपश्चिमाञ्चल) र नवराज कुँवर (पश्चिमाञ्चल)